Kathmandu Press

न्यून चापीय रेखा सरदर स्थानमा, कस्तो छ आजको मौसम?

मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।
न्यून चापीय रेखा सरदर स्थानमा, कस्तो छ आजको मौसम?

काठमाडौं, असोज ४ : मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यससँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केहि स्थानमा र बाँकी  भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको आकलन छ।

प्रकाशित मिति: ०६:४७ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्