गोठाटारमा गोली लागेर घाइते भएका मोहम्मदको मृत्यु
५५ वर्षीय मोहम्मदको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
काठमाडौं, असोज ३ : सोमबार साँझ कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली चल्दा गम्भीर घाइते भएका मोहम्मद दर्जीको मृत्यु भएको छ।
५५ वर्षीय मोहम्मदको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। सर्लाही हरिवन–२ का मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेका थिए। उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो ।
रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २१:४९ बजे, सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











