बंगलादेशसँगको हारसँगै टिम छाड्ने कुमार थापाको घोषणा

काठमाडाैं, असाेज ३ : घरेलु मैदानमा साफा च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाले टिम छाड्ने घोषणा गरेका छन् । आजै भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ले पराजित भएको थियो।
खेलपछि पत्रकारहरुसँग कुरा थापाले राजिनामा दिने घोषणा गरेका हुन् । औपचारिक घोषणा गर्न पछि गर्ने भएपनि आजैबाट लागू हुने गरी टिम छाडेको बताए छन्।
उनले अरुलाई मौका दिन टिम छाड्न लागेको बताएका छन्। उनले भने, ‘अरुलाई पनि मौका दिनुपर्छ, टिममा बसिरहनु राम्रो होइन । म बस्दा पनि बस्दिनँ ।’
‘मेरो लक्ष्य साफको उपाधि जित्ने थियो। तर त्यो पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ,’ उनले भने, ‘अरू प्रशिक्षकलाई स्थान दिन पद त्याग गर्छु।’
यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)