महिला साफ : उपाधि जित्ने नेपालको सपना फेरि अधुरै
नेपाली महिला टिम पाँचौं पटक फाइनल खेल्दा पनि उपाधिबाट बञ्चित भएको हो । यसअघिका चार फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
काडमाडाैं, असाेज ३ : नेपाली महिला फुटबल टिम फेरि एक पटक फेरि उपविजेतामै समीति बनेको छ। पहिलो पटक महिला साफको उपाधि जित्ने लक्ष्य बनाएको नेपाली टिम आइतबार दशरथ रंगशालामा भएको फाइनलमा नेपाल ३–१ले पराजित भएको हो।
नेपाली महिला टिम पाँचौं पटक फाइनल खेल्दा पनि उपाधिबाट बञ्चित भएको हो । यसअघिका चार फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
बंगलादेश भने नेपालविरुद्धको पराजयको क्रम रोक्दै दोस्रो प्रयासमा च्याम्पियन बन्यो। बंगलादेश भारतपछि महिला सफा च्याम्पियनसिप जित्ने दोस्रो टिम बन्यो ।
खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे । ४२औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा २–० को अग्रता दिलाइन्।
७०औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन्। तर, ७७ औं मिनेटमा बंगलादेशले गोल फर्कायो । त्यसपछि गोल नहुँदा महिला साफले बंगलादेशका रुपमा नयाँ च्याम्पियन पायो।











