Kathmandu Press

साफ महिला च्याम्पियनसिप फाइनल : पहिलाे हाफमा नेपाल २–० ले पछि

साफ महिला च्याम्पियनसिप फाइनल : पहिलाे हाफमा नेपाल २–० ले पछि

काठमाडौं, असोज ४ : साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २–० गोलले पछि परेको छ । 

दशरथ रंगशालामा जारी फाइनल खेलको पहिलो हाफमा नेपाल दुई गोलले पछि परेको हो । खेलको १४ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेपछि नेपाल दबाबमा परेको छ ।  

बंगलादेशका लागि  सामसुन्नहरले सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले मोनिका चक्माको पासमा गोल गरेकी थिइन् । त्यस्तै ४२ औं मिनेटमा स्रीमोती के. सरकारले थप एक गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् । यससँगै नेपाला घरेलु मैदानमा दबाबमा देखिएको छ ।

नेपालले यसपटक साफ च्याम्पियनसिपको उपाधी जित्ने लक्ष्य राखेको छ । पहिलो हाफमा नेपालको पटकपटक कोशिस गरेपनि गोल गर्न असमर्थ भएको छ।  

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिएका छन् ।

प्रकाशित मिति: १७:५२ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्