Kathmandu Press

माओवादीले बुझाएको समानुपातिक सूचीमा बाबुरामका पाँच उम्मेदवार 

निर्वाचन आयोगमा माओवादी केन्द्रले बुझाएको समानुपातिक सूचीमा बाबुराम भट्टराई नेतृत्वको पार्टीका पाँच जना उम्मेदवार समेटिएका हुन् ।
माओवादीले बुझाएको समानुपातिक सूचीमा बाबुरामका पाँच उम्मेदवार 

काठमाडौं, असोज ३ : नेकपा माओवादी केन्द्रकै चुनाव चिह्नमा निर्वाचन लड्न लागेको नेपाल समाजवादी पार्टी (नेसपा) ले समानुपातिकमा पाँच सिट पाउने भएको छ । 
 
मंगलबार निर्वाचन आयोगमा माओवादी केन्द्रले बुझाएको समानुपातिक सूचीमा बाबुराम भट्टराई नेतृत्वको पार्टीका पाँच जना उम्मेदवार समेटिएका हुन् ।

माअ‍ोवादी केन्द्रले समानुपातिकतर्फ ११० जनाको सूची बुझाएको छ। उक्त सूचीमध्ये पाँच जना नेपाल समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने माअ‍ोवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । 

‘बाबुराम भट्टराई पनि गठबन्धनमै रहेको र माओवादीकै चुनाव चिह्नमा लड्ने भएका कारण समानुपातिक सूचीमा उहाँको पार्टीका उम्मेदवार समेटेका छौं,’ पुनले भने । 

यद्यपी माओवादी केन्द्रको कार्यदलले टुंगो लगाएको सूची नै निर्वाचन आयोगमा पठाएका कारण त्यसमा हेरफेर हुनसक्ने बताइएको छ । कार्यदलले बनाएको सूचिमा छलफल गर्न सोमबार बिहान पदाधिकारी बैठक बोलाइएको भएपनि अध्यक्ष प्रचण्ड राजधानी बाहिर भएका कारण बैठक बस्न ढिलाई हुने कारण कार्यदलकै सूची बुझाइएको हो ।

सूचीमा यसअघि सांसद भएका, राष्ट्रिय सभा सदस्य रहेका र स्थानीय निर्वाचनमा उम्मेदवार भएकालाई नराखिएको बताइएको छ।  
 
 

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्