माओवादी केन्द्रले बुझायो समानुपातिक उम्मेदवारको सूची
महरा पनि समानुपातिक सूचीमा
काठमाडौं, असोज ३ : नेकपा माअोवादी केन्द्रले मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बुझाएको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङ, सचिव लिलामणी पोखरेल लगायतका नेताहरु सोमबार अपराह्न निर्वाचन आयोगको कार्यालय पुगेर सूची बुझाएका हुन् ।
माओवादी केन्द्रले क्लस्टरअनुसार समानुपातिकको सूची तयार गर्न कार्यदल बनाएको थियो । महासचिव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदललाई आज सूची बुझाउन भनिएको थियो । कार्यदलले बुझाउने सूचीमा मंगलबार पदाधिकारी बैठक बसेर अन्तिम टुंगो लगाउने भनिएपनि अध्यक्ष प्रचण्ड राजधानी बाहिर गएका कारण कार्यदलले बनाएकै सूची आयोगमा बुझाउन लागेको हो ।
सूचीमा अघिल्लोपटक प्रत्यक्षमा जितेर आएका नेताहरु पनि रहेको बताइएको छ । दाङबाट प्रत्यक्ष निर्वाचित भएका कृष्णबहादुर महरा यसपटक समानुपातिकमा बसेका छन् । प्रत्यक्ष लड्न तयार नभएपछि पार्टीले उनलाई समानुपातिकमा राखेको बताइएको छ ।











