‘पासै नभएको प्रतिवेदनलाई आधार बनाएर जबरालाई निवासबाट निस्कन नदिनु लज्जास्पद’
निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगका क्रममा समितिका सबै सदस्यबीच प्रमाणको छलफल, बयानको छलफल हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए।
काठमाडाैं, असाेज ३ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले महाभियोग छानबिनको प्रतिवेदनलाई ’कथित प्रतिवेदन’ को संज्ञा दिएका छ।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग नेम्वाङले कसैसँग छलफल नगरि एकलौटी ढंगले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’ भएको टिप्पणी गरेका हुन्।
निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगका क्रममा समितिका सबै सदस्यबीच प्रमाणको छलफल, बयानको छलफल हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए।
नेम्वाङले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएका कारण प्रतिवेदन संदनमा पेस हुन नसक्ने अवस्थामा पुगेको उल्लेख गरे।
पासै नभएको प्रतिवेदनलाई आधार बनाएर जबरालाई निवासबाट निस्कन नदिनु लज्जास्पद भएको उनको भनाइ छ। उहाले गिरफ्तार गरेसरह सरकारले जबरालाई निबासमा राख्नु कानूनी मूल्यमान्यता बिपरित रहेको पनि बताए।
त्यस्तै नेम्वाङले एउटा प्रतिनिधिसभाको कार्यकालमा तयार भएको प्रतिवेदन संसदको अर्को कार्यकालले निरन्तरता दिन नसक्ने स्पष्ट पारे।











