Kathmandu Press

प्रधानमन्त्री कप क्रिकेट कात्तिक दोस्रो साता गर्ने क्यानको तयारी

क्यानले कात्तिक १२ देखि २६ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री कप क्रिकेट कात्तिक दोस्रो साता गर्ने क्यानको तयारी

काठमाडाैं, असाेज ३ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक दोस्रो साता हुने भएको छ। निर्वाचनका कारण असोज पहिलो साताबाट हुने भनिएको नेपाल टि–२० लिग स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कपको तयारी थालेको हो ।

क्यानले कात्तिक १२ देखि २६ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको छ। त्यसका लागि क्यालने जिल्ला छनोट असोज २० सम्म सक्न क्यानले भनेको छ। यस्तै क्यानले कात्तिक ६ गतेसम्म प्रदेश छनोट सक्न पत्र पठाएको छ।

प्रधानमन्त्री कपमा सात प्रदेश र तीन विभाग गरी दश टिमले भाग लिनेछन्।

क्यानले एकदिवसीय प्रतियोगिता दुई वर्षपछि आयोजना गर्न लागेको हो। गत वर्ष विश्वकप कप छनोटको तयारीका लागि क्यानले प्रधानमन्त्री कप टि–२० फर्म्याटमा गराएको थियो ।

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्