मड्रिड डर्बीमा रियलको सान
प्रतिस्पर्धात्मक बनेको खेलमा रियलका लािग रोड्रिगो र फेडेरिको भाल्भर्डेले गोल गर्दा एट्लेटिकोका मारियो हर्मसोले गोल गरेका थिए।
काठमाडाैं, असाेज ३ : मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ। ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा २–१ले हरायो।
प्रतिस्पर्धात्मक बनेको खेलमा रियलका लािग रोड्रिगो र फेडेरिको भाल्भर्डेले गोल गर्दा एट्लेटिकोका मारियो हर्मसोले गोल गरेका थिए।
१८औं मिनेटमा रोड्रिगोले उत्कृष्ट फिनिसिङ गर्दै रियललाई अग्रता दिलाए । उनले अरेलियन चुवामेनीको पासमा गोल गरेका थिए। ३६औं मिनेटमा रियलले अग्रता दोब्बर बनायो । भिनिसिय जुनियरले कान्टरमा प्रहार गरेको बल पोस्ट लागेर फर्किपछि डिबक्समा अनमार्क रहेका भाल्भर्डेलो गोल गरेका थिए।
त्यसपछि खेलको ८३ औं मिनेटमा कर्नरमा रियलका गोलपिकर थिवाउट कोर्टुवाको गल्तीको फाइदा उठाउँदै हर्मसोले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
इनजुरी समयका एट्लटिको १० खेलाडीमा समेटियो। ३ मिनेटअन्तरमा २ पहेँलो कार्ड भएपछि हर्मसोले रातो कार्ड पाएका थिए।
यो जितसँगै रियलले जारी सिजन आफ्नो शतप्रतिशत नतिजालाई ९ खेलसम्म पु¥याएको छ। उसले लिगका ६, च्याम्पियन्स लिगका २ र सुपरकपको १ खेल जितेको छ।
रियलले ६ खेलमा १८ अंकसहित रियल ला लिगामा शीर्ष स्थानमा छ। १६ अंकसहित बार्सिलोना दोस्रो स्थानमा रहँदा १० अंक जोडेको एट्लेटिको सातौं स्थानमा छ।











