Kathmandu Press

एमालेको समानुपातिक उमेदवारको सूची तयार

काठमाडौं, असोज २ : नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूचीको टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूचीका लागि नामावली टुंग्याएको हो ।...
एमालेको समानुपातिक उमेदवारको सूची तयार

काठमाडौं, असोज २ : नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूचीको टुंगो लगाएको छ । 

आज बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूचीका लागि नामावली टुंग्याएको हो । प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभाका लागि २२० जनाको नामको सूची तयार पारेको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । 

एमालेले बन्दसूचीको नामावली (भोलि) निर्वाचन आयोगमा बुझाइने छ । असोज १६ गतेसम्म अहिलेको सूचीमा हेरफेर हुनसक्ने उले बताए । प्रत्यक्षतर्फको उमेदवार टुंगो लगाउँदा नाममा हेरफेर गर्नसक्ने उनले बताए ।

प्रकाशित मिति: १९:३० बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्