Kathmandu Press

दसैँमा सैनिक,आश्रित परिवारलाई सेनाले हवाई र यातायात सुविधा दिने 

काठमाडौं, असोज २ : दसैंको अवसरमा नेपाली सेनाले बिदामा घर जाने बहालवाला सकल दर्जा तथा तिनका आश्रित परिवारहरुलाई यातायात सेवा प्रदान गरेको छ...
दसैँमा सैनिक,आश्रित परिवारलाई सेनाले हवाई र यातायात सुविधा दिने 

काठमाडौं, असोज २ : दसैंको अवसरमा नेपाली सेनाले बिदामा घर जाने बहालवाला सकल दर्जा तथा तिनका आश्रित परिवारहरुलाई यातायात सेवा प्रदान गरेको छ ।  

कल्याणकारी सेवा–सुविधा अन्तर्गत भदौ २९ गतेबाट असोज १८ गतेसम्म जमिनी एवं हवाई मुभ सञ्‍चालन गरी सकल दर्जा तथा आश्रित परिवारहरुलाई आ–आफ्नो गन्तव्य स्थलसम्म पुर्‍याउने कार्य भइरहेको सेनाले जनाएको हो ।

सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा जमिनी बाटोबाट र सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रहरुमा हवाई उडान संचालन गर्ने योजना अनुरुप हालसम्म हवाई उडानमार्फत १३४ जना लाभान्वित भएका छन् । यसैगरी जमिनी मुभ असोज ४ गतेबाट संचालन हुने सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत वर्ष यस सुविधा अन्तर्गत हवाई उडानमार्फत ११२ जना र जमिनी मुभमार्फत १३४० जना गरी जम्मा १४५२ जना सकल दर्जा तथा आश्रित परिवारहरु लाभान्वित भएका थिए । साथै, यस वर्षको बडा दशैंको विदामा जाने अधिकतम् सकल दर्जा तथा आश्रित परिवारहरुलाई जमिनी तथा हवाई यातायातमार्फत सम्बन्धितहरुको गन्तव्यसम्म पुर्‍याउने योजना रहेको सेनाले जनाएको छ । 

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्