उद्घाटन खेलमा काठमाडौं विजयी
धनगढी, माघ २८ : धनगढी प्रिमियर लिग (डिपिएल)को उद्घाटन खेलमा काठमाडौं गोल्डेन चार विकेटले विजयी भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको घरेल....

धनगढी, माघ २८ : धनगढी प्रिमियर लिग (डिपिएल)को उद्घाटन खेलमा काठमाडौं गोल्डेन चार विकेटले विजयी भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली धनगढी स्टार्सले पाँच विकेटको क्षतिमा एकसय ३२ रन बनाएको थियो । धनगढीका लागि अभिनास श्रेष्ठले अर्ध सतक बनाएका थिए ।
त्यस्तै, सन्दीप रिजालले २८, सौरभ खनालले २५ र पवन सर्राफले १८ रन बनाए ।
काठमाडौंका लागि नन्दन यादवले दुई, अंकित डबास र ललितनारायण राजबंशीले एक/एक विकेट लिए ।
प्रतिउत्तरमा काठमाडौंले १९.५ ओभरमा ६ विकेट गुमाएर जितेको छ । उसका लागि अंकित दासले २९, गौरभ तमोरले २८ र अनिल साहले २४ रन बनाए ।
धनगढीका लागि रोहन मुस्ताफाले चार, अमिर हयात र विपिन खत्रीले एक/एक विकेट लिए ।
आजको दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच भइरहेको छ ।












