Kathmandu Press

इतिहासकै गर्मी दशकले के समस्या ल्याउला?  

यो दशक इतिहासकै गर्मी दशक हुने संयुक्त राष्ट्र संघले जनाएको छ। मंगलबार प्रकाशित वार्षिक प्रतिवेदनमा जलवायु परिवर्तनले मानिसको अनुकुलन क्षमतालाई कसरी पछि पार्दैछ, उल्ले....

इतिहासकै गर्मी दशकले के समस्या ल्याउला?  

यो दशक इतिहासकै गर्मी दशक हुने संयुक्त राष्ट्र संघले जनाएको छ। मंगलबार प्रकाशित वार्षिक प्रतिवेदनमा जलवायु परिवर्तनले मानिसको अनुकुलन क्षमतालाई कसरी पछि पार्दैछ, उल्लेख गरिएको छ।

वर्ल्ड मेटियोरोजिकल अर्गनाइजेसन (डब्लयुएमओ) ले यो वर्षको विश्वव्यापी तापक्रम सन् १८५० देखि १९०० सम्मको “प्रि इन्डस्ट्रियल” औसतभन्दा १.१ डिग्री सेल्सियस बढि भएको बताएको छ। यहि भएर हालसम्मकै तातो तीनोटा वर्षको सन् २०१९ पनि पर्ने देखिएको छ। यो अहिलेसम्मकै तातो “नन एल निनो” वर्ष पनि हुनसक्छ।

फोसिल फ्युल जलाएर, पूर्वाधार निर्माण, खेतीपाती र ढुवानीबाट हुने उत्सर्जनले वायुमण्डलमा कार्बन सघनताको मात्रा सन् २०१९ मा हासम्मकै धेरै हुनसक्ने डब्ल्युएमओले बताएको छ। यसले थप गर्मी बढ्नेछ। हरितगृह ग्याँसले उत्पादन गरेको अत्यधिक तापमध्ये ९० प्रतिशत समुद्रले सोस्छ। समुद्रको तापक्रम पनि अहिलेसम्मकै बढि छ।

Hardik ivf

समुद्र पनि डेढ सय वर्ष अघिभन्दा एक चौथाइ बढि अम्लिय भएको छ। यसले महत्त्वपूर्ण समुद्री पारिस्थिकीमा खतरा पुगेको छ। अर्बौ मानिसहरू खाना र रोजगारका लागि यसमै निर्भर छन्। अक्टोबरमा विश्वको औसत समुद्री तह हालसम्मकै उच्च रह्यो। एक वर्षमा ग्रिनल्यान्डबाट तीन खर्ब २९ अर्ब टन हिउँ पग्लिएको छ।

दुई करोड २० लाख विस्थापित

बितेका प्रत्येक चार दशक अघिल्लाभन्दा गर्मी थिए। जलवायु परिवर्तन भावी पुस्ताले सामना गर्नुपर्छ। तर जुनसुकै मुल्यमा वृद्धि र विकास हुनुपर्ने कहिले नमेटिने मानिसको चाहनाले लाखौं अहिले नै प्रभावित छन्। प्रतिवेदनमा सन् २०१९ को मध्यसम्म दशक दश लाखभन्दा धेरै मानिसहरू आन्तरिक रूपमा विस्थापित भएको उल्लेख गरिएको छ। तीमध्ये सात लाख बाढी र सुख्खाजस्ता चरम मौसमका कारण विस्थापित भए। वर्षको अन्त्यसम्म, चरम मौसमका कारण विस्थापित हुनेहरूको संख्या दुई करोड २० लाख पुग्ने डब्ल्युएमओले बताएको छ।

“फेरि एकपटक सन् २०१९ मा मौसम र जलवायुसम्बन्धी जोखिम निकै बढेको छ,” डब्ल्युएमओका महासचिव पेट्टेरी टालसले भने,“हिटवेभ र बाढी शताब्दीमा एक पटक हुने घटना थिए। तर आजभोलि नियमितजस्तै छन्।”

प्राग औद्योगिक समयभन्दा एक डिग्रीमात्रै तातो हुदाँ, सन् २०१९ मा युरोप, अष्ट्रेलिया र जापानमा खतरनाक हिटवेभ आयो। आँधीहुरीले दक्षिणपूर्वी अफ्रिका तहसनहस बनायो। अष्ट्रेलिया र क्यालिफोर्नियामा डढेलो नियन्त्रणभन्दा बाहिर गयो।

जलवायुसम्बन्धी पेरिस सम्झौताका नियमहरू निर्धारण गर्न मेड्रिडमा छलफल भइरहेको छ। सम्झौतामा सहभागी हुने देशहरूले विश्वको तापक्रम वृद्धिलाई दुई डिग्रीभन्दा तल सिमीत गर्न काम गर्नुपर्नेछ। इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेञ्ज (आइपिसिसि) ले पोहोर १.५ डिग्रीमा तापक्रम वृद्धि सिमीत राख्नु मानव जातिका लागि सुरक्षित हुने बताएको थियो। यसमा हरितगृह ग्याँसको उत्सर्जन घटाउने र विश्वको अर्थतन्त्रलाई नवीकरणीय उर्जातर्फ अघि बढाउनुपर्ने आइपिसिसिले सुझाव दिएको थियो।
संयुक्त राष्ट्र संघको अघिल्लो साता प्रकाशित प्रतिवेदनमा तापक्रमलाई १।५ डिग्रीभन्दा बढ्न नदिन विश्वले सन् २०३० सम्म प्रत्येक वर्ष ७।६ प्रतिशतले कार्बन उत्सर्जन कटौती गर्नुपर्ने उल्लेख गरिएको छ।

उत्सर्जन बढिरहेको छ

सरकारहरूले फोसिल फ्युलमा सहुलियत दिन अर्बौं डलर खर्च गरिरहेका छन्। तर जलवायु परिवर्तनको विध्वंस झेलिरहेका देशले नयाँ वास्तविकता अनुसार अनुकुलन हुन कसरी लगानी गर्नसक्छन् भन्नेबारे मेड्रिडमा सहमति भएजस्तो देखिदैंन।

“हाम्रा आर्थिक गतिविधिहरू वायुमण्डललाई हरितगृह ग्याँसको फोहोर फ्याँक्ने भाँडो बनाइरहेका छन्,” इम्पिरियल अलेज लन्डनमा जलवायु परिवर्तनबारे ग्रान्थाम लेक्चरर योरी रोगेल्जले भने। पेरिस सम्झौता कार्यान्वयन भए पनि शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम तीन डिग्रीभन्दा बढि हुने पक्का छ।

“तापक्रम बढ्ने क्रम रोकिने कुने संकेत देखिदैंन,” टालसले भने,“हाम्रो व्यवहार परिवर्तन गरेनौं भने अझ बढ्दै जानेछ।” मेड्रिडमा भइरहेको छलफल आउने वर्षको “डेडलाइन” अघि नै सबै देशहरूले जलवायु परिवर्तन रोक्ने उनीहरूको गतिविधि बढाउन केन्द्रित छ। अक्सफोर्ड विश्वविद्यालयको इन्भाइरोन्मेन्टल चेञ्ज इन्स्टिट्युटका उप निर्देशक फ्रेडरिक ओट्टोले डब्ल्युएमओको प्रतिवेदनले तापक्रममा १।१ डिग्री वृद्धि हुँदा पनि हामी अनुकुलन नभएको खुलाएको बताइन्।

“तापक्रममा भएको यो १।१ डिग्री वृद्धि फोसिल फ्युल जलाएरै भएको हो,” उनले बताइन्। क्रिस्चियन एडको ग्लोबल क्लाइमेट लिड क्याट क्रेमरले डब्ल्युएमओको प्रतिवेदनले मेड्रिडमा ठोस प्रगति हुनुपर्ने देखाएको बताइन्।

“विज्ञानले तत्कालै आवश्यक काम गर्नुपर्ने देखाइरहेको बेला प्रतिनिधिहरूले प्रगतिमा बाधा ल्याउने वा खुट्टा घिस्याउने गर्नुहुँदैन,” उनले बताइन्।
 

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, मंसिर २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्