Kathmandu Press

राष्ट्रिय मानवअधिकार आयोगको टोली जबराको निवासमा 

विभिन्न सञ्चारमाध्यममार्फत जबराले आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगको टोली बालुवाटारस्थित जबराको निवासमा पुगेको हो । 
राष्ट्रिय मानवअधिकार आयोगको टोली जबराको निवासमा 

काठमाडौं, असोज २ : राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेको छ।  विभिन्न सञ्चारमाध्यममार्फत जबराले आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगको टोली बालुवाटारस्थित जबराको निवासमा पुगेको हो । 

आयोगले प्रवक्ता टीकाराम पोखरेलको नेतृत्वको टोलीलाई अनुगमनका लागि जबरा निवास पठाएको हो । आइतबार नै आयोगको टोली सर्वोच्च अदालत पनि पुगेको बताइएको छ । अनुगमन टाली फर्किएपछि  जबराको अवस्थाबारे आयोगले धारणा सार्वजनिक गर्ने बताइएको छ । 

Hardik ivf

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिको शनिबार बसेको बैठकले चोलेन्द्रलाई महाभियोग लगाउन सिफारिस गर्दै संसदमा प्रतिवेदन बुझाएको थियो । सरकारले हिजो रातीदेखि नै लागू  हुनेगरी प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको थियो । संसदको अधिवेशन अन्त्य भइसकेकाले आफूमाथि लगाइएको महाभियोग स्वतः निष्क्रिय भएकाले जबरा आइतबारदेखि सर्वोच्च जाने तयारीमा थिए । 

उनी आउने भनेपछि आइतबार बिहानैदेखि सर्वोच्च अदालतको गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यतिमात्रै होइन, बालुवाटारस्थित जबराको क्वार्टरमा पनि सुरक्षा सतर्कता बढाइएको थियो । बार एशोसियशनले जबरालाई सर्वोच्च छिर्न नदिने निर्णय गरिसकेको छ । 

जबराले आफ्नो क्वार्टरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी आफूलाई नजरबन्दमा राखेको आरोप लगाएका थिए । 

प्रकाशित मिति: १५:११ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्