Kathmandu Press

सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

कञ्चपुर, असोज २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ। महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले...
सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

कञ्चपुर, असोज २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ। 

महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए। 

तेक्वान्दोमा पनि बैतडीका सुनिल विष्ट सेमिफाइन पुगेका छन् । यस्तै पुरुष फुटबलको पहिलो खेलमा बैतडीले बझाङलाई २–० गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको छ । पुरुष र महिला ब्याडमिन्टनमा भने बैतडी पराजित भएको छ।  

कबड्डीको पहिलो खेलमा बैतडी दार्चुलासँग पराजित भएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि बैतडीबाट १३ खेलका एक सय ५६ खेलाडी सहभागी छन् । कैलाली र कञ्चनपुरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुनेछ । नवौँ राष्ट्रिय खेलकुद असोज अन्तिम सातादेखि गण्डकी प्रदेशमा हुँदैछ। 

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्