Kathmandu Press

संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउँछ : नेता सिंह

काठमाडाैं, असाेज २ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्।लौहपुरूष गणेशमान सिंहको २५औँ...
संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउँछ : नेता सिंह

काठमाडाैं, असाेज २ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्।

लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका  अवसरमा गणेशमान सिह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मौका पाउँदा संसद् विघटन गर्नेलाई भन्दा जनताले कांग्रेसलाई नै म्यान्डेट दिने उल्लेख गरे।

Hardik ivf

संविधानको सफल कार्यान्वयनका लागि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित निश्चित रहेको नेता सिंहको भनाइ थियो।

स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जनतामा  अनुभूत हुनेगरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने जिकिर गरे।

'गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,' उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो। गणेशमान सिंहले देखाएको बाटामो हिँड्न सके मात्र लोकतन्त्र बलियो हुन्छ नेपाली राजनीतिमा उनको ठूलो योगदान छ।'

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्