चोलेन्द्रले अदालतमाथि मजाक गरे : अध्यक्ष घिमिरे
काठमाडौं, असोज २ : नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमाथि मजाक गरेको बताएका छन् । आइतबार सर्वोच्च परिसरमा...काठमाडौं, असोज २ : नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमाथि मजाक गरेको बताएका छन् । आइतबार सर्वोच्च परिसरमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष घिमिरेले सर्वोच्च फर्किन्छु भनेर चोलेन्द्रले अदालतमाथि मजाक गरेको बताएका हुन् ।
उनले संसदको महाभियोग सिफारिस समितिले चोलेन्द्रमाथि महाभियोग लगाउन सिफारिस गर्दै संसदमा प्रतिवेदन बुझाइसकेको अवस्थामा सर्वोच्च फर्किन नमिल्ने प्रष्ट पारे ।
अहिले संसद नै सकिएको नभई सांसदको कार्यकाल मात्र सकिएको उनको भनाई छ । ‘संसद अविछिन्न उत्तराधिकारीवाला संस्था हो, त्यसैले संसद सकिदैन । सांसदहरुको कार्यकाल सकिएको हो,’ उनले भने ।
उनले जबरामाथि लगाइएको महाभियोगबारे आगामी संसदले निर्णय गर्नेसमेत बताए । उनले जबरा सर्वोच्च आउन खोजे विरोध गर्ने बताए ।
प्रकाशित मिति: १४:०६ बजे, आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षाआइतबार, वैशाख २३, २०८१
सभामुखकाे असंवैधानिक कदमकाे कांग्रेसले कानुनी उपचार खाेज्नेआइतबार, वैशाख २३, २०८१
राष्ट्रपति पौडेलसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेटआइतबार, वैशाख २३, २०८१
सभामुखले मत हालेपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतआइतबार, वैशाख २३, २०८१