माओवादीबाट समानुपातिकको बन्द सूची तयार पार्न महासचिवको नेतृत्वको कार्यदल
काठमाडौं, असोज २ : मंसिर ४ गते हुन संघीय निर्वाचनका लागि माअोवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूची तयार पार्न कार्यदल बनाएको छ...
काठमाडौं, असोज २ : मंसिर ४ गते हुन संघीय निर्वाचनका लागि माअोवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूची तयार पार्न कार्यदल बनाएको छ ।
आइतबार बिहान पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले समानुपातिकको बन्द सूची तयार पार्न महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल बनाएको हो ।
कार्यदलमा उपमहासचिवहरु गिरिराजमणी पोखरेल र वर्षमान पुनपनि सदस्य रहेका छन् । कार्यदललाई क्लस्टर मिलाउनेदेखि सूची थपघट गर्ने र मापदण्ड पूरा भए नभएको जाँच गर्ने जिम्मेवारी दिइएको छ ।
कार्यदलले सूची तयार पारेपछि टुंगो लगाउन सोमबार पुनः पदाधिकारी बैठक डाकिएको छ । भोलि बस्ने बैठकले समानुपातिक उम्मेदवार बारे टुंगो लगाउने बताइएको छ ।
निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ ।
प्रकाशित मिति: १३:४९ बजे, आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)