Kathmandu Press

मुख्यमन्त्री राईद्वारा जितिया पर्वको शुभकामना

काठमाडाैं, असाेज २ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने थारू र मैथिली समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा सबै...
मुख्यमन्त्री राईद्वारा जितिया पर्वको शुभकामना

काठमाडाैं, असाेज २ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने थारू र मैथिली समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

प्रदेश १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ। सन्तानको दीर्घायुका लागि गरिने यो व्रत आश्विन कृष्णपक्षकोे अष्टमी तिथिका दिन मनाउने गरिन्छ। आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास सुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ।

Hardik ivf

यस व्रतका क्रममा राति जितवाहन भगवान्को कथा र महिमा सुन्ने प्रचलन छ। खासगरी थारू र मैथिली समुदायको ठूलो चाडका रूपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ।

सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवाहनको पूजाआराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने मान्यताबमोजिम जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी भएको भन्ने भनाइ छ। जितिया पर्व जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ। 

नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको तथ्य नेपालको संविधानले स्वीकार गरेको छ।

मुख्यमन्त्री राईद्वारा प्रेषित विज्ञप्तिमा यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको भन्दै सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं सम्वद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो भनिएको छ। 

सो विज्ञप्तिमा नेपालका जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बन्न सकुन् र यी पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा पनि गरिएको छ। 

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्