माओवादी पदाधिकारी बैठक : समानुपातिक सूची भोलि टुंगो लगाइने
काठमाडौं, असोज २ : नेकपा माओवादी केन्द्रले समानुपातिकको बन्द सूची भोलिमात्रै टुंगो लगाउने भएको छ । आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा...
काठमाडौं, असोज २ : नेकपा माओवादी केन्द्रले समानुपातिकको बन्द सूची भोलिमात्रै टुंगो लगाउने भएको छ ।
आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा समानुपातिक सूचीबारे छलफल भएपनि टुंगो नलागेको उपमहासचिव गिरिराजमणी पोखरेलले जानकारी दिए ।
उपमहासचिव पोखरेलका अनुसार सूची टुग्याउन भोलि बिहान ७ बजे पुनः बैठक बस्ने बताए ।
निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ । आयोगमा संविधानले व्यवस्था गरे अनुसारको क्लस्टर मिलाएर ११० जनाको सूची पेस गर्नुपर्छ ।
माओवादीले यसपाली यसअघि समानुपातिकबाट सांसद भइसकेका, हाल प्रत्यक्षका लागि सिफारिस भएका र हालै सम्पन्न स्थानीय तहको निर्वाचन लडेकालाई समानुपातिक सूचीमा नराख्ने निर्णय गरिसकेको छ।
प्रकाशित मिति: १२:४४ बजे, आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(7)-1765197040.jpg)