Kathmandu Press

गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौं, मंसिर २० : १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत गल्फमा नेपालले दुई स्वर्ण पदक जितेको छ।

गोकर्ण फरेस्ट गल्फ कोर्समा शुक्रबार भए....

गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौं, मंसिर २० : १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत गल्फमा नेपालले दुई स्वर्ण पदक जितेको छ।

गोकर्ण फरेस्ट गल्फ कोर्समा शुक्रबार भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। १७ वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने कीर्तिमान बनाएका छन्।

उनले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जितेका हुन्।

यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक जितेकाे छ। टिम इभेन्टमा नेपालका लागि सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ स्वर्ण पदक जितेका हुन्।

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, मंसिर २०, २०७६