Kathmandu Press

सर्वोच्च अदालत परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ 

काठमाडौं, असोज २ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च प्रवेशमा रोक्न सर्वोच्च अदालतको गेटमा सुरक्षा सतर्कतना बढाइएको छ । जबरा आइतबार सर्वोच्च अदालत...
सर्वोच्च अदालत परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ 
Hardik ivf

काठमाडौं, असोज २ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च प्रवेशमा रोक्न सर्वोच्च अदालतको गेटमा सुरक्षा सतर्कतना बढाइएको छ । जबरा आइतबार सर्वोच्च अदालत हाजिर हुने अपुष्ट सूचना सार्वजनिक भएसँगै सर्वोच्च अदालत परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो । 

जबरा सर्वोच्च आउने तयारी गरेसँगै बारले आकस्मिक बैठक बोलाएको थियो । बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । बारको निर्णयलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको हो । जबरालाई रोक्न कार्यालय समयअघिदेखि नै सर्वोच्चको गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ भएको छ । 

आइतबारदेखि नियमित काममा फर्कन थालेकाले आवश्यक तयारी गर्न भन्दै उनले कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई ‘निर्देशन’ दिएपछि सर्वोच्च प्रशासन, न्यायाधीशहरू र बारका पदाधिकारीको आ–आफ्नो समूहमा तीव्र छलफल भएको थियो ।
 
महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ। 
 

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्