Kathmandu Press

चोलेन्द्रलाई सर्वोच्च अदालत छिर्न नदिने बारको निर्णय 

आइतबार बिहान बसेको बारको आकमिक बैठकले जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
चोलेन्द्रलाई सर्वोच्च अदालत छिर्न नदिने बारको निर्णय 
Hardik ivfHardik ivf

काठमाडौं, असोज २ : नेपाल बार एशोसियशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिने निर्णय गरेको छ । 

आइतबार बिहान बसेको बारको आकमिक बैठकले जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जबरालाई कुनैपनि हालतमा सर्वोच्च प्रवेश गर्न नदिने बताए । ‘हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गछौं, जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न सकिँदैन,’ उनले भने । 

निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए ।

प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै जबरा सर्वोच्च फर्किन लागेको स्रोतको भनाइ छ । उक्त खबर सार्वजनिक भएपछि नेपाल बारले आज आकस्मिक बैठक डाकेको थियो । 

आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उनलाई भित्र छिर्न नदिने घोषणा गरेको हो ।

अहिले सर्वोच्च अदालतको मुख्य गेट अगाडि अघिल्लो दिनको तुलनामा प्रहरीको तैनाथी बढाइएको छ ।  

प्रकाशित मिति: ११:१६ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्