कुलमान घिसिङलाई नास्ट प्रविधि पुरस्कार
काठमाडौं, मंसिर २० : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको छ।
शुक्....

काठमाडौं, मंसिर २० : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको छ।
शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ घिसिङलाई प्रदान गरेको हो। नास्टको ३७औं वार्षिकोत्सवको अवसरमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले एक लाख राशिको पुरस्कार र सम्मान पत्रले घिसिङलाई सम्मान गरेका हुन्।
विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पु¥याएको उल्लेख गर्दै घिसिङलाई पुस्कार प्रदान गरिएको हो। नास्टका प्राज्ञ प्रा.डा.जनार्दन लामिछानको पुरस्कार मुल्यांकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको थियो।
नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वैज्ञानिक प्राविधिको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ। वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न विधामा पनि पुरस्कार प्रदान गरेको छ।
२०७३ भदौमा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए।
प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर वितरण, लाइन तथा सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरणलगायतका काम अभियानकै रुपमा चलाइरहेको छ।











