Kathmandu Press

समानुपातिक उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै

काठमाडौं, असोज २ : आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस संसदीय समितिको बैठक बस्न लागेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय समितिको...
समानुपातिक उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै
Hardik ivfHardik ivf

काठमाडौं, असोज २ : आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस संसदीय समितिको बैठक बस्न लागेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय समितिको बैठक बोलाइएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए। केहीबेरमा बस्ने बैठकले समानुपातिक उम्मेदवार छनोट गर्ने उनले बताए।

तीन दिनअघि बसेको संसदीय समितिको बैठकले मातहतका समितिबाट आएका सिफारिशलाई क्लस्टरिङ गर्न सहमहामन्त्रीहरुलाई जिम्मा दिएको थियो। सहमहामन्त्रीहरुले सिफारिश भएका सबै उम्मेदवारको क्लस्टरिङ गरेका छन्। अब संसदीय समितिको बैठकले उम्मेदवार तय गर्नेछ।

आजको बैठकमा संसदीय समितिका पदाधिकारीसँगै वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि बोलाइएको छ। यसअघिको बैठकमा पनि उनी सहभागी भएका थिए।

निर्वाचन आयोगले आज र भोलि समानुपातिक उम्मेदवारको सूची बुझाउने समय तोकेको छ। त्यसैले आज सबै राजनीतिक दलहरुले बैठक बोलाएका छन्।

प्रकाशित मिति: ०९:०५ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्