Kathmandu Press

समानुपातिक उम्मेदवार छान्न माओवादी बैठक बस्दै

काठमाडौं, असोज २ : आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट गर्न नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ।माओवादी केन्द्रीय कार्यालयमा केहीबेरमा पदाधिकारी...
समानुपातिक उम्मेदवार छान्न माओवादी बैठक बस्दै

काठमाडौं, असोज २ : आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट गर्न नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ।

माओवादी केन्द्रीय कार्यालयमा केहीबेरमा पदाधिकारी बैठक बस्न लागेको छ। पदाधिकारी बैठकले समानुपातिक उम्मेदवार छनोट गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

माओवादीको स्थानीय तहको समिति हुँदै जिल्लाबाट प्रदेशमा पठाइएको सिफारिश केन्द्रमा पुगेको छ। मातहतका समितिले पठाएको सिफारिशकै आधारमा माओवादी पदाधिकारी बैठकले समानुपातिक उम्मेदवार छनोट गर्ने जनाइएको छ।

 

प्रकाशित मिति: ०८:३५ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्