पहिरोले कर्णाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध
दैलेख, असोज २ : निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।प्रदेश प्रहरी कार्यालयका अनुसार कालिकोट खाडाचक्र नगरपालिका–५...
दैलेख, असोज २ : निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडकमाथि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ।
गुरास गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीमा पनि माथिबाट पहिरो खसेको छ। जसले गर्दा सुर्खेत–दैलेख सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाएर सडख खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:५४ बजे, आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(7)-1765197040.jpg)