Kathmandu Press

जितिया पर्वमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, असोज २ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।प्रधानमन्त्री देउवाले जितिया पर्वलेविविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्धन...
जितिया पर्वमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, असोज २ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले जितिया पर्वलेविविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्धन गर्नमा टेवा पुर्‍याएको बताए। उनले आमा र सन्ततीबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

Hardik ivf

‘यस पर्वले आमा र सन्ततीबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस्’, उनको सन्देशमा उल्लेख छ।

आश्विन कृष्ण अष्टमीका दिन मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने पर्व हो । 

महिलाले छोराका लागि पानी समेत नखाई २४ घण्टासम्म भगवान जीतमहान गोसाईँको पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा छ। यो पर्वको अवसरमा थारु समुदायमा झ्याम्टा नाच देखाउने चलन छ।

प्रकाशित मिति: ०६:३५ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्