Kathmandu Press

बागमती र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज २ : मनसुनी वायुको प्रभावले आज बागमती र प्रदेश १ का केही भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान...
बागमती र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज २ : मनसुनी वायुको प्रभावले आज बागमती र प्रदेश १ का केही भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ।

Hardik ivf

जसले गर्दा हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: ०६:३१ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्