निलम्बित प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सिफारिस
काठमाडाैं, असाेज १ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन महाअभियोग सिफारिस समितिले सिफारिस गरेको छ। ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका...
काठमाडाैं, असाेज १ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन महाअभियोग सिफारिस समितिले सिफारिस गरेको छ। ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन्।
समितिमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन्। नेकपा एमालेले प्रतिवेदनमाथि ८ बुँदे फरकमत राखेको छ।
समितिको सदस्य रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सिफारिस समितिको प्रतिवेदनलाई गठबन्धनको पुलिन्दा भन्दै प्रतिवेदन मान्न नसकिने बताएका छन् । उनले जबराविरुद्ध छानबिन नै नसकिएकाले निर्णयमा पुग्ने आधार नभएको बताए ।
प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सकिने अन्तिम दिन समितिले सभामुख अग्निप्रसाद सापकोटाकालाई प्रतिवेदन बुझाउँदैछ ।
प्रकाशित मिति: २०:३८ बजे, शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(7)-1765197040.jpg)