Kathmandu Press

डा. केसी र सरकारबीच भाेलि बार्ता हुने

डा. केसी र सरकारबीच भाेलि बार्ता हुने

काठमाडाैं, असाेज १ : स्वास्थ्य सेवा क्षेत्रमा सुधारको माग राख्दै अनसन बसेका  डा‍. गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका केसीको अवस्था स्थिर रहेको उनका सहयोगी डा। अमृत जैसीले जानकारी दिए।

जैसीका अनुसार स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले औषधी प्रयोग गर्न सुझाव दिएपनि केसीले मानेका छैनन्। उनले आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यानमा तलमाथि भएपनि कुनै औषधी प्रयोग नगर्ने अडान लिएका छन्। केसीको ब्लड प्रेसर घटेको छ भने मुटुको चालमा गडबढ भएको छ।

Hardik ivf

केसीले उठाएका मागबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन । उनका सहयोगी डा. जैसीका अनुसार सरकारले शनिबार वार्ता गर्ने भनेपनि वार्ता टोलीमा सदस्य रहेका शिक्षा सचिव उपत्यका बाहिर गएकाले नभएको हो ।

सरकार पक्षले भोलि बिहान १० बजे वार्ताका लागि बोलाएको छ ।

 

प्रकाशित मिति: २०:३१ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्