Kathmandu Press

बालेनकाे प्रश्न : कुन मुख देखाएर भाेट माग्न जानुहुन्छ?

काठमाडाैं, असाेज १ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन्। तीनकुने पार्कको विषयलाई लिएर...
बालेनकाे प्रश्न : कुन मुख देखाएर भाेट माग्न जानुहुन्छ?

काठमाडाैं, असाेज १ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन्। तीनकुने पार्कको विषयलाई लिएर उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन्।

काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् ।

Hardik ivf

‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

प्रकाशित मिति: १९:५४ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्