Kathmandu Press

‘जोत्नेलाई भूमि दिएमात्र भूमिसुधार हुन्छ’

काठमाडाैं, असाेज १ : राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सङ्घीयता र नागरिकता विधेयकलगायतमा आफ्नो पार्टीको असहमति भए पनि वर्तमान संसद्को कार्यकाल सफल भएको...
‘जोत्नेलाई भूमि दिएमात्र भूमिसुधार हुन्छ’

काठमाडाैं, असाेज १ : राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सङ्घीयता र नागरिकता विधेयकलगायतमा आफ्नो पार्टीको असहमति भए पनि वर्तमान संसद्को कार्यकाल सफल भएको बताएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले नेपालको प्रादेशिक संरचना निर्माण गर्दा अनुत्पादक ठाउँमा लगानी भएको र मुलुक भ्रष्टाचारका जालोमा परेको तर्क गर्दै यसले आर्थिक अवस्था अस्तव्यस्त बन्दै गएको बताइन्। 

Hardik ivf

उनले प्रादेशिक संरचना खारेज गर्नुपर्ने आफ्नो पार्टीको माग पूरा नभए पनि माग यथावत रहेको बताए। उनले अब आउने नयाँ सरकारमा पनि पाँच वर्षको स्थिर सरकार बनोस् भन्ने शुभकामना व्यक्त गरिन्।

नागरिकताको विषयमा वंशज र अङ्गीकृता दिने व्यवस्थामा विधि र प्रक्रियाबाट मात्र दिइनुपर्छ भन्ने आफ्नो माग रहेको उनले स्पष्ट पारिन्। उनले नेपालको संविधानले व्यवस्था गरेको विधि र प्रक्रियाबाट आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको धारणा राखिन्।
 
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद् देश र जनताको हितमा प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै कतिपय अवस्थामा संसद्लाई दुरुपयोग गरिएको समेत आरोप लगाए।

उनले मुलुकमा डेङ्गु रोगका कारण जनता पीडामा परिरहेको तर त्यसतर्फ सरकारको उचित ध्यान जान नसकेको भनाइ राखे। साथै उनले मुलुकमा भूमि नहुनेलाई भूमि दिएमात्र भूमिसुधार हुने उल्लेख गर्दै भने, 'जोत्नेलाई भूमि दिए मात्र भूमिसुधार हुन्छ।'

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्