Kathmandu Press

जबरामाथि महाअभियोग लगाउन प्रमाण पुग्दैन : एमाले

काठमाडौं, असोज १ : प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकमा एमालेका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुगेको बताएका छन्।शनिबार दिउँसो बसेको समितिको बैठकमा...
जबरामाथि महाअभियोग लगाउन प्रमाण पुग्दैन : एमाले

काठमाडौं, असोज १ : प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकमा एमालेका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुगेको बताएका छन्।

शनिबार दिउँसो बसेको समितिको बैठकमा सांसद कृष्णभक्त पोखरेलले अहिलेसम्म प्राप्त प्रमाणले जबरालाई दोषी प्रमाणित गर्न नसक्ने बताए। अहिलेसम्मको प्रमाणमा जबराको सम्पत्ति विवरण मात्र भएको स्पष्ट पार्दै त्यसबाट मात्र महाअभियोग लगाउन नसकिने स्पष्ट पारे।

Hardik ivf

मगाइएका प्रमाण आउन बाँकी रहेकाले संकलित प्रमाण मात्र प्रतिनिधिसभामा पेस गर्न सकिने तर दोषी वा निर्दोष भनेर निष्कर्षमा पुग्न नसकिने उनको भनाइ थियो।
‘हामी उनलाई जोगाउनुपर्छ भन्ने पक्षमा भने नरहेको प्रक्रियाले भने पूर्णता नपाएकाले हतार गर्न नहुनेमा उनले जोड दिए।

एमाले सांसद लालबाबु पण्डितले पनि आदेश र फैसलाकै आधारमा जबरालाई महाअभियोग लगाउन नसकिने बताए। ‘आदेश र फैसलाका आधारमा जबरामाथि मूल्यांकन गर्ने हो भने सर्वोच्चका सबैजसो न्यायाधीशको आदेश र फैसलामा एकरुपता छैन । ती सबै कारबाही र महाअभियोगको दायरामा आउँछन्,’ उनले भने।

भ्रष्ट्राचारकै आधारमा आधारमा महाअभियोग लाउने भने जबराको यथार्थ सम्पत्ति कति हो, कति बढाएका हुन्, सबैको छानबिन नगरी निष्कर्षमा निश्कर्षमा पुग्न नसकिने उनको भनाइ थियो। 

उनले पनि महाअभियोग सिफारिस समितिले अहिलेसम्म गरेको कामको अभिलेखीकरण र संकलित प्रमाणको विवरण सभामुखलाई बुझाउन सकिने बताए।

प्रकाशित मिति: १७:३३ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्