Kathmandu Press

अछाम विपत्तीका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपति दुखित

काठमाडाैं, असाेज १ : उपराष्ट्रपति नन्दबहादुर पुनले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भएकामा गहिरो...
अछाम विपत्तीका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपति दुखित

काठमाडाैं, असाेज १ : उपराष्ट्रपति नन्दबहादुर पुनले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन्।

अछामको मंगलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकालगायत स्थानमा आएको पहिरो तथा डुबानबाट ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन्।

उपराष्ट्रपतिले आज एक शोक सन्देशमार्फत पहिरो तथा डुबानका कारण निधन हुनुभएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारजनमा समवेदना व्यक्त गरे। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराए।

पहिरो तथा डुबानमा परी बेपत्ता हुनुभएकाको खोजमा सबै तहका सरकारले चालिरहेका कदमको सराहना गर्दै खोजीकार्यलाई अझै प्रभावकारी बनाउन उनले आग्रह गरेका छन्। उनले पहिरोबाट विस्थापितका लागि पर्याप्त राहत र उचित बसोबासको व्यवस्था गर्न आग्रह गरे।

मौसमविद्ले वर्षा अझै जारी रहने र बाढीपहिरो तथा डुबानको सम्भावना औँल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई उनकाे आग्रह छ। 

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्