Kathmandu Press

कांग्रेस नेता सिंहद्वारा युवा विद्यार्थीसँग अन्तर्क्रिया

काठमाडाैं, असाेज १ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आज युवा विद्यार्थीसँग अन्तर्क्रिया गरेका छन्। आफ्नो क्षेत्रका विभिन्न तह र तप्काका नागरिकको मनोभावना...
कांग्रेस नेता सिंहद्वारा युवा विद्यार्थीसँग अन्तर्क्रिया

काठमाडाैं, असाेज १ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आज युवा विद्यार्थीसँग अन्तर्क्रिया गरेका छन्। आफ्नो क्षेत्रका विभिन्न तह र तप्काका नागरिकको मनोभावना बुझ्ने क्रममा उनले सो अन्तर्क्रिया गरेका हुन्।

छलफलमा सहभागी विद्यार्थीले शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षा नेता सिंहसामु राखेका थिए। लोकसेवा आयोगको परीक्षा प्रणाली परिवर्तन गर्नुपर्ने, शिक्षाका लागि विदेश जाने ट्रेन्ड रोक्नुपर्ने, करको दर घटाउनुपर्ने, निजी सवारीसाधन किन्दा धेरे पैसा विदेशिदा देशको अर्थतन्त्र कमजोर बनेकाले त्यसलाई निरुत्साहित गर्दै सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्ने सहभागीको जोड थियो।

Hardik ivf

त्यस्तै सहभागीले शिक्षा प्रयोगात्मक बनाउनुपर्ने, कलेजले लिइरहेको मनपरी शुल्क नियन्त्रण गर्नुपर्नेमा बालबालिकालाई कुलतबाट जोगाउन धूमपान र मद्यपान बालबालिकालाई बेच्न नमिल्ने नियम ल्याउनुपर्नेतर्फ पहल गर्न आग्रह गरेका थिए।

जवाफमा नेता सिंहले छलफल सुरुआत मात्रै भएको बताउँदै राजनीतिप्रति विस्तारै युवाको चासो बढ्नु सकारात्मक रहेको बताए। उनले भने, 'युवालाई राजनीतिमा वास्ता छैन भनिन्थ्यो। तर हालसालैका घटनाक्रमले युवालाई पनि चासो छ भन्ने देखाएको छ। यहाँहरुले दिनुभएको सुझाव र राख्नुभएको मुद्दा अत्यन्त सान्दर्भिक छ।' सबै सुझावलाई कार्यान्वयन गर्न आफू लाग्ने र यही पुस्ताको सुझाव लिएर अघि बढ्ने नेता सिंहको प्रतिबद्धता थियो। 

प्रकाशित मिति: १६:३१ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्