Kathmandu Press

अहिलेकाे संविधानलाई मुलुकका सबै समुदायले स्वीकार गरिसकेका छैनन् : यादव

प्रतिनिधिसभाको यस कार्यकालको लागि शनिबार बसेको अन्तिम बैठकमा बिदाइ सम्बोधन गर्दै उनले संविधानलाई सबै समुदायले स्वीकार्य बनाउन संशोधनको जरुरत रहे पनि त्यसो गर्न नसकिएको बताए।
अहिलेकाे संविधानलाई मुलुकका सबै समुदायले स्वीकार गरिसकेका छैनन् : यादव

काठमाडाैं, असाेज १ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानलाई मुलुकका सबै समुदायले स्वीकार गर्न नसकिरहेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको यस कार्यकालको लागि शनिबार बसेको अन्तिम बैठकमा बिदाइ सम्बोधन गर्दै उनले संविधानलाई सबै समुदायले स्वीकार्य बनाउन संशोधनको जरुरत रहे पनि त्यसो गर्न नसकिएको बताए।

Hardik ivf

दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान नआउने स्पष्ट पार्दै उनले संविधान जारी हुनुअघि  धेरै विषयमा बृहत् छलफल हुनुपर्ने अवस्थाले मूर्त रूप नपाएको बताए। ‘संविधान आउनुअघि धेरै विषयमा बृहत् छलफल हुनुपर्थ्यो, त्यो भएन,’ उनले भने।   

फास्ट ट्रयाकमा ल्याइएको अहिलेको संविधानलाई एउटै सरकारले दुई पटक संसद विघटन गरेको पनि लोकतन्त्रको रक्षा गर्नेहरूले त्यसलाई जोगाएको उनले बताए। ‘संघीयतामा देश गइसके पनि एकात्मक चिन्तनबाट मुलुक ग्रसित रहेको पनि उनको भनाइ थियो।

निजामती ऐन अहिलेसम्म पारित नहुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उनले भने,  ‘प्रदेशलाई दिनुपर्ने अधिकार अहिलेसम्म नदिँदा संघीयतालाई धरापमा पारेर अर्कै दिशातर्फ लग्न खोजिएको हो कि भन्ने शंका उत्पन्न भएको छ।’ संघीय संसदबाट बन्नु पर्ने कानुन नबनेकाले प्रदेश अधिकार सम्पन्न बन्न नसकेको उनले बताए।

उनले संविधानमै कुनै पनि नागरिकलाई राज्यविहीन बनाउनुहुँदैन भन्ने उल्लेख भए पनि नेपालमा भने धेरै नागरिकलाई अनागरिक बनाउने काम भइरहेको भन्दै उनले असन्तुष्टि प्रकट गरे। नागरिकता विधेयकमाथि प्रश्न उठाउँदै उनले भने, ‘नागरिकलाई अनागरिक बनाउनु ठूलो अपराध हो।’

केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशकै आधारमा बनेको नागरिकता विधेयक संसदबाट पारित भइसक्दा पनि राष्ट्रपतिले प्रमाणित नगर्नु दुःखद भएको उनले बताए। 

प्रकाशित मिति: १६:२१ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्