Kathmandu Press

प्रतिवेदनलाई अन्तिम रुप दिन महाभियोग समितिकाे छलफल जारी

काठमाडौं, असोज १ : प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक बसिरहेको छ। शनिबार ३ बजेपछि सिंहदरबारमा समितिको बैठक बसिरहेको हाे।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने वा...
प्रतिवेदनलाई अन्तिम रुप दिन महाभियोग समितिकाे छलफल जारी

काठमाडौं, असोज १ : प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक बसिरहेको छ। शनिबार ३ बजेपछि सिंहदरबारमा समितिको बैठक बसिरहेको हाे।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने वा नलगाउने भनी निर्णय बैठकमा हुने बताइएको छ। बैठकमा सचिवालयले तयार पारेको मस्यौदा प्रतिवेदनलाई अन्तिम रुप दिने र सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने निर्णय हुने बताइएको छ। 

सुरूदेखि लिइएका बयानको लिखित रुपमा आज (शनिबार) समितिले जबरालाई हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएपछि बयानको क्रम सकिएको हो। जबराले समितिसमक्ष बयान दिने क्रममा न्यायाधीशहरूसहित थुप्रै राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरूलाई गम्भीर आरोप लगाएका थिए 

आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ। कार्यकाल समाप्त हुनुअगावै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी समितिको छ। एमालेका तर्फबाट समितिमा सदस्य रहेका सांसदहरुले भने प्रमाण र कागजात गहिरो अध्ययनपछि मात्रै प्रतिवेदन बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्