Kathmandu Press

मंसिर ४ गते जनताले गर्ने फैसला स्वीकार्य हुनेछ : प्रचण्ड

काठमाडौं, असोज १ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा जनताले...
मंसिर ४ गते जनताले गर्ने फैसला स्वीकार्य हुनेछ : प्रचण्ड

काठमाडौं, असोज १ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा जनताले  गर्ने फैसला सबैलाई स्वीकार्य हुने बताएका छन्।

प्रतिनिधिसभाको आज (शनिबार) बसेको यस कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीको भनाइको जवाफ दिँदै मंसिर ४ मा जनताले को सही र को गलत भनेर फैसला गर्ने बताए। 

बैठकमा एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ गते पार्टी र नेताबा बारेका थाहा हुने बताएका थिए।

‘म विनम्रतापूर्वक उहाँलाई सम्झाउन चाहन्छु, राष्ट्रियसभा सदस्यको निर्वाचनदेखि स्थानीय तहको निर्वाचनसम्मले सन्देश दिइसकेको छ,’ उनले भने, ‘तर यहाँसम्म आउँदा त उहाँमा अलिकति कमजोरी गरेछु, स्थायित्वलाई अस्थिरतामा लगेछु भन्ने पछुतो होला भन्ने लागेको थियो तर उही हुंकार पो रहेछ। ठीकै छ, ४ गते तपाईं पनि हेर्नुहोला, हामी पनि हेर्छौं। जनताको फैसला स्वीकार गर्ने नै हो।’

ओलीले वर्तमान सरकारमाथि घोचपेच गरेकाले आफू ‘जवाफ दिन बाध्य’ भएको प्रचण्डको भनाइ थियो।

गठबन्धनले गत वैशाख ३० गते संविधानको भावनाअनुसार नै स्थानीय तह निर्वाचन गरेको दाबी गर्दै उनले अन्य धेरै कुराकाे चर्चा परिचर्चाभन्दा आउने मंसिर ४ को निर्वाचन सफल बनाउनेमा केन्द्रित हुनुपर्नेमा जाेड दिए।

प्रकाशित मिति: १५:०३ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्