Kathmandu Press

रोस्टमबाट ओलीलाई प्रचण्डको प्रश्न– संसद् विघटन प्रतिगमन नभएर के हो ?

पार्टीको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा सार्वभौम अधिकार सम्पन्न सदन विघटन गर्ने निर्णय प्रतिगामी नै हाे ।
रोस्टमबाट ओलीलाई प्रचण्डको प्रश्न– संसद् विघटन प्रतिगमन नभएर के हो ?

काठमाडौं, असोज १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्ने एमाले अध्यक्ष केपी ओलीको निर्णय प्रतिगामी भएको बताएका छन्।

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै प्रचण्डले पार्टीको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा सार्वभौम अधिकार सम्पन्न सदन विघटन गर्ने निर्णय प्रतिगामी नै भएको बताएका हुन्।

ओलीले संसद्‍ विघटनको बचाउ गर्दै त्यो संविधानको व्यवस्था अनुसार नै गरिएको बताएपछि प्रचण्डले ‘संसद् विघटन प्रतिगमन नभएर के हो ?’ भन्दै प्रश्न गरे। ‘प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्नुभयो । मलाई अलि अनौठो लाग्यो । जसले जे भने पनि हुने रहेछ कि क्या हो भन्ने लाग्यो मलाई,’ प्रचण्डले भने।

प्रचण्डले भने– ‘संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइँदैन सचेत रूपले संविधानमा व्यवस्था गरेको होइन ? सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै ।’

प्रकाशित मिति: १४:४८ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्