Kathmandu Press

निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई ओलीकाे आग्रह

काठमाडौं, असोज १ : प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेका छन्।प्रतिनिधिसभाको आज (शनिबार) बसेको अन्तिम बैठकलाई...
निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई ओलीकाे आग्रह

काठमाडौं, असोज १ : प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आज (शनिबार) बसेको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदलै ओलीले आउने निर्वाचनमा हस्तक्षेपकारी भूमिका नखेल्न चेतावनी दिए।

‘सरकारलाई म भन्न चाहन्छु। अब उपरान्त निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो। सरकारले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने हो,’ ओलीले भने, ‘हस्तक्षेपकारी भूमिका र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्न पाउँदैन।’

उनले निर्वाचन शान्तिपूर्ण, निर्भय, निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्न र सत्तापक्षबाट नलतारिन निर्वाचन आयोगलाई आग्रह गरे।

‘निर्वाचन शान्तिपूर्ण, निर्भय, निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गरिनुपर्छ। यो निर्वाचन आयोगको कर्तव्य हो। निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस्, आफ्नो स्वतन्त्र हैसियत र स्वतन्त्र भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाओस्।’
 

प्रकाशित मिति: १४:४१ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्