नागरिकताको विषयमा राजनीति गर्न खोजियाे : ओली
काठमाडौं, असाेज १ : प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले नागरिकताको विषयमा राजनीति गर्न खोजिएको बताएका छन्।प्रतिनिधिसभाको आज (शनिबार) बसेको अन्तिम बैठकलाई सम्बोधन...
काठमाडौं, असाेज १ : प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले नागरिकताको विषयमा राजनीति गर्न खोजिएको बताएका छन्।
प्रतिनिधिसभाको आज (शनिबार) बसेको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले एमाले नागरिकता समस्या समाधान गर्न आफू नेतृत्वको सरकार हुँदा जन्मसिद्धका सन्तानलाई अध्यादेशमार्फत वंशजको नागरिकता दिने व्यवस्था ल्याए पनि त्यसविरुद्ध अदालतमा मुद्दा हालेर असफल बनाइदिएको बताए।
उनले वर्तमान सरकारको पालामा भ्रष्टाचार बढेको पनि बताए। उनले छुट्टिने बेलामा कठोर भएर नबोल्ने स्पष्ट पार्दै भ्रष्टाचारको उन्मूलन संविधान र कानुनीराजको आकांक्षा जनताले गरेको बताए।
प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल असोज आज राति १२ बजेदेखि सकिँदैछ। आजको अन्तिम बैठकमा दलका शीर्ष नेताहरुलाई बोल्ने व्यवस्था गरिएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापछि ओलीले बोलेका थिए।











