Kathmandu Press

ओलीप्रति देउवाकाे व्यंग्य- परमादेशकै कारण सँगै बसेर काम गर्न पायाैं

परमादेशले हामीलाई भेट्न मौका दिएकाले न्यायालयले पनि न्याय गर्ने मैले महसुस गरेको छु।
ओलीप्रति देउवाकाे व्यंग्य- परमादेशकै कारण सँगै बसेर काम गर्न पायाैं

काठमठाडाैं, असाेज १ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीलाई व्यंग्य गर्दै परमादेशको सरकार बनेकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको बताएका छन्।

प्रतिनिधिसभाको आज (शनिबार)को बैठकलाई सम्बोधन गर्ने क्रममा सुरुमै उनले एमालेले आफ्नो सरकारलाई ‘परमादेशको सरकार’ भनेर गर्ने गरेको भन्दै उनले भने, ‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको भनेर भन्नुहुनेछ। यो संसद् पनि परमादेशबाट आएको हो जसले गर्दा हामीसँगै काम गर्न पाइरहेका छौँ । परमादेश नभएको भए हामी सँगसँगै बसेर काम गर्नै पाउँदैन थियौं। ठुल्ठुला विधेयक पास गर्न सक्दैन थियौं। परमादेशले हामीलाई भेट्न मौका दिएकाले न्यायालयले पनि न्याय गर्ने मैले महसुस गरेको छु।’

उनले गठबन्धन सरकार समग्रमा राम्रो उपलब्धि हासिल गरेको आफूले महसुस गरेको बताए। त्यसका लागि गठबन्धनसहित सबै दलले खेलेको भूमिकाप्रति आभार प्रकट गरे। सरकारले स्थानीय तहको निर्वाचन सफल रूपमा सम्पन्न गरेकाे उल्लेख गर्दै उनले संघ र प्रदेशकाे समयमै  गर्ने बताए।

उनले निर्वाचित संसद्ले विघटनको समस्या पहिलोपटक बेहोर्नुपरेकाे बताए। 'जनताको अधिकार सुनिश्चित गर्न र जनताले संघर्ष गरी ल्याएको संविधानलाई बचाउन राजनीतिक दलबीच सहकार्य गरेर देशलाई पुनः संविधान बमोजिम मात्र चलाउने पद्धति बसेको छ,’ उनले भने।

उनले अहिलेको निर्वाचित संसदले संविधान बचाएको, आफ्नो नेतृत्वको सरकारले परराष्ट्र नीतिमा सुधार आएको दाबी पनि गरे। 

प्रकाशित मिति: १४:१४ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्