प्रतिनिधिसभाको अन्तिम बैठकमा ओलीले गरे संसद् विघटनको बचाउ
ओलीले निर्वाचनमा जाने कुरा प्रतिगमन नभएको दाबी गर्दै परमादेशबाट सरकार बनाउने कामचाहिँ प्रतिगमन भएको उल्लेख गरे।
काठमाडौं, असोज १ : प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले संसद् विघटनको बचाउ गरेका छन्।
शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री हुँदा आफूले २ पटक गरेको संसद् विघटन संविधानको व्यवस्थान अनुसार कै कमद भएको बताए । ओलीले निर्वाचनमा जाने कुरा प्रतिगमन नभएको दाबी गर्दै परमादेशबाट सरकार बनाउने कामचाहिँ प्रतिगमन भएको उल्लेख गरे।
‘अहिले सरकारले चुनाव घोषणा गरेको र आजबाट संसद्को म्याद सकिँदै छ । त्यसो हो भने तपाईंले पनि प्रतिगमन गर्दै हुनुहुन्छ । अवस्था त्यस्तो हो ?’, ओली ले भने, ‘निर्वाचनमा जाने कुरालाई प्रतिगमन भनिँदैन । असंवैधानिक ढंगले नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो ।’
ओलीले आफूले घोषणा गरेको मितिमा चुनाव हुन पाएको भए वैशाख १७ र २७ मा चुनाव भइसक्ने र अहिले नयाँ जनादेशको संसद् रहेको अवस्था हुने बताए ।
प्रकाशित मिति: १४:१३ बजे, शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











