अछाम पहिरो पीडितको उद्धार र राहतमा जुट्न सरकारलाई भीम रावलको आग्रह
काठमाडौं, असोज १ : एमालेका सांसद भीम रावलले अछामका पहिरो पीडितको उद्धार र राहतम जुट्न सरकारलाई आग्रह गरेका छन् । उनले संसद् बैठकमा...
काठमाडौं, असोज १ : एमालेका सांसद भीम रावलले अछामका पहिरो पीडितको उद्धार र राहतम जुट्न सरकारलाई आग्रह गरेका छन् । उनले संसद् बैठकमा बोल्दै रावलले पहिरो पीडितका लागि लत्ता कपडा, भाडा, खाद्यन्न र औषधोपचारको व्यवस्था गर्न पनि माग गरेका हुन्।
‘पहिरोका कारण बाटो अवरूद्ध भएकाले स्थलमार्गबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मी घटनास्थलमा पुग्न सक्ने अवस्था छ्रैन । पहिरो पीडितको उद्धार र व्यवस्थापनको लागि हेलिकप्टर प्रयोग गर्नुपर्छ,’ उलने भने।
समयमै उद्धारकर्मी र स्वास्थ्यकर्मी पठाउन नसके पहिरोबाट घाइते भएकाहरुलाई बचाउन कठिन हुने भएकाले पनि त्यसमा सरकारले तदारुकता देखाउनुपर्ने रावलले बताए ।
अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाद गाउँपालिकामा गएराति गएको पहिलो परी १७ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १४:०८ बजे, शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











