Kathmandu Press

बाढीपहिरो पीडितहरूलाई उपचार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

उनले मंसिर ४ गतेको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण सहयोगकाे प्रतिबद्धता पनि व्यक्त गरे।
बाढीपहिरो पीडितहरूलाई उपचार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडाैं, असाेज १ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वर्षाको कारण सुदूरपश्चिममा आएको बाढी, पहिरो र डुबानका पीडितहरूलाई उचित उपचार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आज (शनिबार) बैठकलाई सम्बोधन गर्दै उनले अछाम, दार्चुला, डडेलधुरालगायत जिल्लामा आएको बाढी, पहिरो र डुबानका कारण जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई उचित उपचार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले गठबन्धन सरकार समग्रमा राम्रो उपलब्धि हासिल गरेको आफूले महसुस गरेको बताए। त्यसका लागि गठबन्धनसहित सबै दलले खेलेको भूमिकाप्रति आभार प्रकट गरे।  

उनले मंसिर ४ गतेको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण सहयोगकाे प्रतिबद्धता पनि व्यक्त गरे।

उनले दसैं, तिहार, नेपाल संवत, छठका अवसरमा देशवासीलाइ शुभकामना पनि दिए।   
 
प्रकाशित मिति: १३:५७ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्