सरकारसँग मिटर व्याज पीडितको ५ बुँदे सहमति
काठमाडाैं, असाेज १ : मिटर ब्याज तथा ठगीविरुद्ध किसानविरुद्ध आन्दोलन गरिरहेका पीडित किसानसँग सरकारले सहमति गरेको छ। मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर...
काठमाडाैं, असाेज १ : मिटर ब्याज तथा ठगीविरुद्ध किसानविरुद्ध आन्दोलन गरिरहेका पीडित किसानसँग सरकारले सहमति गरेको छ। मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिले गृहमन्त्रालयसँग ५ बुँदे सहमति गरेको छ।
गृहमन्त्रीको उपस्थितिमा पीडितसँग सहमति भएको हो। सहमतिपछि डेढ महिनादेखि चलिरहेको आन्दोलनका कार्यक्रम स्थगित भएको छ।
सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक सहसचिव भीष्मकुमार भुसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् ।
मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।
त्यस्तै ऋणीले साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्नेगरी साहु वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत रूपले हुन आउने साँवा ब्याज पूरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने सहमति भएको छ ।











