Kathmandu Press

महाभियाेग प्रतिवेदनलाई अन्तिम रुप दिन ३ बजे सिफारिस समितिको बैठक बस्ने

काठमाडौं, असोज १ : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आजै (शनिबार नै) सभामुखलाई प्रतिवेदन बुझाउने तयारी  गरेको छ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकिएकाले आज ३...
महाभियाेग प्रतिवेदनलाई अन्तिम रुप दिन ३ बजे सिफारिस समितिको बैठक बस्ने

काठमाडौं, असोज १ : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आजै (शनिबार नै) सभामुखलाई प्रतिवेदन बुझाउने तयारी  गरेको छ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकिएकाले आज ३ बजे सिफारिस समितिको अर्को बैठक बस्ने, प्रतिवेदन तयार गर्ने र सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए। 

सुरूदेखि लिइएका बयानको लिखित रुपमा आज (शनिबार) समितिले जबरालाई हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएपछि बयानको क्रम सकिएको हो।

‘महाअभियोग प्रस्तावमाथि अनुसन्धान सकियो प्रतिवेदन तयार गर्न बाँकी छ,’  उनले भने, ‘सचिवालयले मस्यौदा प्रतिवेदन तयार पारिसकेको छ। त्यसलाई अन्तिम रुप दिन दिउँसो ३ बजे बैठक बोलाइएको हो।’

आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ। कार्यकाल समाप्त हुनुअगावै सभामुखलाई प्रतिवेदन बुझाउने विष्टले बताए। प्रतिनिधिसभाको कार्यकाल नै सकिन लागेकाले प्रतिवेदनमाथि छलफलको सम्भावना भने कम छ।

एमालेका तर्फबाट समितिमा सदस्य रहेका सांसदहरुले भने प्रमाण र कागजात गहिरो अध्ययनपछि मात्रै प्रतिवेदन बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

प्रकाशित मिति: १३:११ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्