प्रतिनिधिसभाकाे अन्तिम बैठक आज , प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने
आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ।
काठमाडौं, असाेज १ : प्रतिनिधिसभाको यस कार्यकालको अन्तिम बैठक आज (शनिबार) बस्दैछ।
आजको बैठकमा दलका प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
दिउँसो १ बजे बस्ने बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने र राष्ट्रपतिको सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीसँगै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम पनि समेटिएको स्रोतको भनाइ छ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत नेताले सम्बोधन गर्ने तय भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले भन्ने बोल्ने नबोल्ने तय भइसकेको छैन । तर माओवादीसम्बद्ध एक नेताले भने प्रचण्डले पनि बाेल्ने दाबी गरे।
आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ।











